गौतमबुद्ध क्रिकेट रंगशालाका लागि भरतपुर महानगरले साढे ६ करोड दिने

गौतमबुद्ध क्रिकेट रंगशालाका लागि भरतपुर महानगरले साढे ६ करोड दिने


चितवन । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरले मंगलबार सार्वजनिक बजेटमा रंगशालाका लागि महानगरको तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँचरपाँच लाख गरी ६ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो ।

बजेट प्रस्तुत गर्दै उपमेयर पार्वती शाहले २९ वडाबाट पाँचरपाँच लाख रकम विनियोजन गरिएको बताईन् । यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो ।

Logo