उदित नारायण झाका छोरा आदित्य नेपाल आउँदै

उदित नारायण झाका छोरा आदित्य नेपाल आउँदै


काठमाडौं । काठमाडौँमा  ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कन्सर्ट हुने भएको छ । जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ कन्सर्ट हुन लागेको हो ।

कार्यक्रममा प्रसिद्ध गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाको विशेष प्रस्तुति रहनेछ । केहि वर्ष अगाडि पोखरामा कन्सर्टका लागि आएका आदित्य अब काठमाडौंमा संगीतप्रेमी माँझ गुन्जिने छन् । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् ।

‘सारेगमप’, ‘एक्स फ्याक्टर’ र ‘खतरा खतरा खतरा’ जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीत संगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् ।

Skip This
Logo