गुठी विधेयक आज फिर्ता हुँदै

गुठी विधेयक आज फिर्ता हुँदै


सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक आज फिर्ता लिने भएको छ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले असार ३ गते पत्रकार सम्मेलन गरि विधेयक फिर्ता लिने बताएकी थिइन्।  उक्त विधेयक आज औपचारिक रुपमै फिर्ता लिन लागिएको हो।

विधेयक फिर्ताको प्रस्ताव शुक्रबार नै संसद्मा दर्ता गराइसकेको छ । विधेयकको चौतर्फी विरोध भएपछि सरकारले विधेयक फिर्ता लिएको हो।

यधपि आन्दोलनरत समुदायले भने विधेयक खारेजको माग गरिरहेका छन् ।

Logo