नवलपरासीको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको छ । "/>

चन्दको बन्द: उपमेयरको गाडीमा आगजनी

चन्दको बन्द: उपमेयरको गाडीमा आगजनी


नवलपरासीको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको छ ।

मंगलबार करिव साढे १ बजेतिर उपप्रमुख प्रेम शंकर मर्दनियाको लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उपप्रमुख मर्दनिया थारुको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेका थिए ।

प्रतिबन्धित विप्लब नेतृत्वको नेकपाले गरेको बन्दको दिन आगजनी गरिएकाले उनकै कार्यकर्ताको हात हुन् सक्ने प्रहरीले अनुमान गरेको छ।

Logo