अछाममा विप्लवका कार्यकर्ताले दुई वटा वडा कार्यालय जलाए

अछाममा विप्लवका कार्यकर्ताले दुई वटा वडा कार्यालय जलाए


अछाम,
नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले अछामको ढकारी गाउँपालिका ५ र पञ्चदेवल विनायक नगरपालिका ३ को वडा कार्यालयमा आगजनी गरेको छ ।

आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।

बिहान २ बजेतिर विप्लव समूहका ५/६ जना कार्यकर्ता आएर वडा सचिव महाजित विकको कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाउनुका साथै वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको कार्यकक्षमा समेत तोडफोड गरिएको बताइएको छ ।

यस्तै ढकारी गाउँपालिका वडा नम्बर ५ तिखानमा रहेको कार्यालयमा विप्लवका कार्यकर्ताले गरेको आगजनीका कारण कार्यालय नै ध्वस्त भएको छ । तर क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

Logo