मोदीलाई दुई ठाउँमा नागरिक अभिनन्दन बेठीक : नेता खनाल

काठमाडौँ

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई स्थानमा नागरिक अभिनन्दन गरिनु ठीक नभएको बताएका छन् ।

उनले नागरिक अभिनन्दन एकै स्थानमा गरेको भए राम्रो हुने बताएका हुन् । नेता खनालले भने– ‘मोदीजी काठमाडौं आएर अन्यत्र जानु भएको भए राम्रो हुन्थ्यो ।’ उनले मोदीको भ्रमणले दुई देश बीचको मित्रतालाई अझ गहिरो पारेको भने स्पष्ट पारेका छन् ।
नेपाल समाचारपत्रबाट