नेपाल बन्दको आंशिक प्रभाव

नेपाल बन्दको आंशिक प्रभाव


काठमाडौं,

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आजका लागि गरेको नेपाल बन्दको उपत्यकामा आंशिक प्रभाव परेको छ ।

पसलहरु खुलेपनि सवारी साधनहरु पातलो चलेका छन् । बाहिर जाने लामो दुरीका गाडीहरु भने चलेका छैनन् । विद्यालयहरु भने आज बन्द छन् । आफ्ना सर्लाहीका नेता कुमार पौडेलको हत्या गरेको भन्दै त्यसको विरोधमा विप्लव समुहले नेपाल बन्दको आयोजना गरेको हो । यद्यपी आहिले सम्म कतै पनि कुनै अप्रिय घटना भने भएको छैन ।

ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ । उपत्यका बाहिर पनि बन्दको आंशिक प्रभाव परेको बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन् ।

 

Logo