गोरखामा शिक्षिकाको कुटाइबाट बालक विद्यार्थी घाइते

गोरखामा शिक्षिकाको कुटाइबाट बालक विद्यार्थी घाइते


गोरखा,

गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छिन् । कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन् ।

सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ । उनको ढाड र हातमा जताततै निलडाम छ । उनले बान्ता पनि गरेको बालककी आमा सुजनाले जानकारी दिइन् ।

किताब नल्याएको भन्दै फलामको रुलरले कुटेको घाइते बालकले बताए । ‘पाँचौ पिरियड विज्ञान मिसको थियो । मिसले खै किताब भनेर सोध्नुभयो । मैले छ भनेँ’, बालकले भने, ‘मैले किताब त ल्याएको थिएँ, तर साथीले लुकाइदिएछ । देखाउन सकिनँ । अनि ढाँट्छस् भनेर कुट्न थाल्नुभयो ।’

आफ्ना छोरालाई निर्घात कुट्ने शिक्षिकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बालककी आमा श्रेष्ठले बताइन् ।
अन्नपूर्णबाट

Skip This
Logo