नायव सुब्बाबाट २ करोड ८ लाख भ्रष्टाचार

नायव सुब्बाबाट २ करोड ८ लाख भ्रष्टाचार


काठमाडौं,

कन्चनपुर भन्सार कार्यालयका तत्कालीन नायव सुब्बा रामप्रसाद भट्टराईले पदको दुरुपयोग गरी २ करोड ८ लाख ५४० आर्जन गरेको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको अभियोगपत्रमा भट्टराईको बैद्य र अवैद्य गरी ३ करोड १४ लाख ९९ हजार ६९१ देखिएको उल्लेख गरेको छ । कूल रकमबाट अवैध देखिएको रकम घटाउँदा भट्टराईको १ करोड १४ लाख ९१ हजार १५१ मात्र बैद्य रहेको अख्तियारले बताएको छ ।

उनले अवैध रुपमा कमाएको रकमसमेतबाट जग्गा खरिद गरेको, घर निर्माण गरेको, शेयर खरिद गरेको, कर्जा भुक्तानी गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । विभिन्न बैंकमा उल्लेख्य रकम मौज्दात राखेको पनि भेटिएको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले भट्टराईबाट अवैध रुपमा कमाएको सम्पत्ति जफत गरी त्यति नै रकम जरिवाना गर्नसमेत अदालतसँग माग गरेको छ ।
अभियानबाट

Logo