गलबन्दीका विषयमा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणी प्रति शम्भु राईको आपत्ती

गलबन्दीका विषयमा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणी प्रति शम्भु राईको आपत्ती


काठमाडौं,

गायक प्रकाश सपुतको पछिल्लो चर्चित लोकगीत गलबन्दी विवादमा आएको छ । विवादमा आउनुको मुख्य कारण गायक शम्भु राईको गितको लय चोरिएको भन्ने विषय नै हो । यो गित विवादमा आएपछि देशविदेशमा चर्चा मात्र भएको छैन । सामाजिक संजालमा पनि विविध टिकाटिप्पणी भएका छन् । केहि दिन अघि प्रकाश सपुतले यसको प्रतिक्रिया पनि दिइसकेका छन् । आज अर्का गायक शम्भु राईले बाहिर आएका टिका टिप्पणी प्रति आफू दुखि भएको र यस्ता टिप्पणी प्रति आपत्ती पनि जनाएका छन् । सामाजिक संजाल फेसबुकमा उनले यसो भनेका छन् :

मानिसमा छुत अछुत हुन्छ म भन्दै भन्दिन,
जाती र पाती छुट्याउने रितलाई म मान्दै मान्दिन ।

०३४ सालदेखि जातिय मुक्तिका लागि सांगितीक क्रान्ती गर्दै जनताको माझमा गाउँदै आएको म शम्भु राईबाट स्वदेशदेखि विदेश सम्म रहनु हुने मेरा आदरणिय श्रोता , दर्शक, ज्युहरु प्रति हार्दिक नमस्कार अभिवादन गर्दछु ।

केहि दिन यता गायक तथा संगितकार भाई प्रकाश सपुतले म्युजिक भिडियो युट्युबबाट गलबन्दी बोलको गित सार्वजनिक भएको देखियो । उक्त सम्बन्धमा मेरो देउसी भैलो गीतको आउ नाचौं साथी हो भन्ने शब्दमा राखिएको मेरो कम्पोज (भाका लय) मिल्न गएको विवादित विषय नितान्त प्रतिलिपी अधिकारसँग सम्बन्धित रहेको अवगत गराउन चाहन्छु ।

साथै यहि विषयलाई लिएर सामाजिक संजालहरुमा निकै टिका टिप्पणी जातिय विभेद र सामाजिक सद्भाव खल्बल्याउने मनसायले केही आपतिजनक अभिव्यक्ति प्रकट भएको देखिएको र सुनिएको हुँदा त्यस प्रति म धेरै दुखि छु । साथै यस्ता अमर्यादित किसिमले सामाजिक संजालबाट कसैले पनि अभिव्यक्ति नदिनु हुन सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा अनुरोध गर्दछु ।
धन्यवाद, शम्भु राई

Logo