एघार वर्षका बालकद्वारा सुसाइट नोट लेखेर आत्महत्या

एघार वर्षका बालकद्वारा सुसाइट नोट लेखेर आत्महत्या


ललितपुर

ललितपुर जिल्लाको बागमती गाउँपालिकाका एक बालकले आत्महत्या गरेका छन् । स्थानिय ११ वर्षिय समिर लुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

सुसाइट नोटमा बालकले आफू एघार वर्ष भएको उल्लेख गरेका छन् । चापागाउँ प्रहरीका अनुसार उनले आफ्नै घरमा आत्महत्या गरेका हुन् । उनी स्थानिय कालिकादेवी माविको कक्षा ५ मा अध्ययनरत रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको शब पाटन अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Logo