पुरुष गर्भनिरोध चक्कीले संसारको ५० प्रतिशत जनसंख्या कम गर्ने

पुरुष गर्भनिरोध चक्कीले संसारको ५० प्रतिशत जनसंख्या कम गर्ने


पुरुष गर्भनिरोधको सुरुवात १७ औं शताब्दीमा भएको थियो ।  त्यस समय कसाईले भेडा र बाख्राको आन्द्राको बाहिरी भागबाट निकालिएको मासु गर्भ निरोधकको लागि प्रयोग गर्थे । जसले यौन रोग (साइफिलिस) बाट बचाउनुको साथै गर्भ निरोधकको काम गथ्र्यो ।

त्यसपछि सन् १९०९ मा वैज्ञानिक तवरबाट पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) को सुरुवात भएको हो । भ्यासेक्टोमी सुरुवात भएको धेरै समयपछि वल्केनाइज्ड रबर (रबरले बाँध्ने विधि) को आविष्कार पनि भयो । गर्भ निरोधकको लागि पुरुषसँग यो विकल्पमात्र छ ।

डन्डी विश्वविद्यालयको शोधकर्ताका अनुसार पुरुष गर्भनिरोधक चक्कीको विकास भएको छ । उक्त चक्कीको विकास गर्न एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले ९ लाख अमेरिकी डलर सहयोग गरेको थियो ।

पहिलो कदमको रुपमा वैज्ञानिकले शुक्रकीटको गतिलाई रोक्न सक्ने सक्षम रसायन स्क्यान गरेका थिए । जसले गर्दा शुक्रकीटको भेट अण्डसम्म पुग्न पाउँदैन् । यस परियोजनाको नेतृत्व क्रिस्टोफर बराटले गरेका थिए । महिलाले प्रयोग गर्ने भने गर्भनिरोधक चक्की सन् १९६० मा लाइसेन्स प्राप्त गरेसँगै प्रयोगमा आएको थियो ।

यस परोपकारी संस्थाको उद्देश्य महिला र पुरुषको गर्भनिरोधक चक्कीबीचको अन्तर कम गर्नु हो । त्यस समयदेखि पुरुषले प्रयोग गर्ने चक्की बनाउने सामान्य प्रयास भएको थियो । मार्चमा लस एञ्जल्स बायोमेडिकल रिसर्च इन्स्टिट्युटका वैज्ञानिकले पुरुष गर्भनिरोधक चक्कीबारे रसायनिक सुत्र पत्ता लगाएका थिए ।

उक्त सुत्रमा केहि साइड इफेक्ट थियो । थकान, टाउको दुख्ने, डण्डिफोर र एक्ने जस्ता समस्या देखिएको थियो । तर औषधि सत प्रतिशत सुरक्षित मानिएको थियो ।

महिलाको लागि दुई हर्मोनको मिश्रण गरिएको चक्की हुन्छ जसले अण्ड निष्कासनमा रोक लगाइदिने काम गर्छ । महिलाले खाने पिल्समा पनि साइड इफेक्ट हुन्छ । टाउको दुख्ने, वाक–वाक लाग्ने वा वान्ता हुने, मुड चेञ्ज हुने जस्ता सामान्य असर

त हुन्छ नै रगत जम्ने र स्तन क्यान्सर हुने जोखिम पनि उत्तिकै हुन्छ । तर दोस्रो पाटोबाट यस चक्कीको सेवनले अण्डासय, पाठेघर र पेटको क्यान्सरबाट पनि बचाउँछ । यदि महिलालाई यस चक्कीले फाप्दैन भने अन्य विकल्प छ ।

महिलाहरुमा यति धेरै विकल्प हुनुको कारण छ । अनिच्छित गर्भाधारणमा महिलाले पुरुषको तुलनामा अधिक शारीरिक, मनोवैज्ञानिक कुरा झेल्नु पर्ने हुन्छ । जस्तो कि गर्भपतन, मर्निङ सिकनेस, बच्चाको जन्म दिँदा हुने जोखिम र करियरको बर्बादी आदि कुरा महिला एक्लैले झेल्नुपर्ने हुन्छ ।

पुरुषले प्रयोग गर्ने चक्कीको मतलब संसारमा ५० प्रतिशत जनसंख्या कम गर्न योगदान दिन सक्छ । जुन पुरुषमा पितृत्वको डर हुन्छ, त्यस्ता पुरुषले प्रजनन नियन्त्रण गर्ने कोसिस गर्छ । महिलाहरुको हकमा परिवार नियोजनको उपलब्ध विकल्पले उनीहरुमा आफ्नो शरिर प्रति आत्म नियन्त्रण पाउन गाह्रो छैन् तर पुरुषहरुले प्रयोग गर्ने औषधिले महिलालाई बढी खतरामा पार्न सक्छ ।

त्यसको कारण महिलाले प्रयोग गर्ने गर्भनिरोधक साधन त महिलालाई नै सुरक्षित बनाउँछ । तर पुरुषले प्रयोग गर्ने चक्कीले भने पुरुष सुरक्षित भएपनि महिला जोखिममा पर्ने बढी डर हुन्छ ।

Logo