राजा फालेर गणतन्त्र स्थापना गर्नु सानो परिवर्तन होइन – प्रचण्ड

राजा फालेर गणतन्त्र स्थापना गर्नु सानो परिवर्तन होइन – प्रचण्ड


नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा फालेर मुलुकमा गणतन्त्र स्थापना गर्नु सानो परिवर्तन नभएको बताएका छन् । सोमबार माडीमा आयोजित नगरपालिकाको तेस्रो नगरसभामा बोल्दै अध्यक्ष दाहालले देशका क्रमिक रुपमा परिवर्तन भए पनि अव जनताले विकासमा परिवर्तन चाहेको बताएका हुन् ।

स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताउंदै दाहालले कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने बताए ।  उनले पहिलाका परिवर्तन मात्रात्मक भए पनि अहिले गुणात्मक परिवर्तन भएको दाबी गरे ।

पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको बताउँदै अध्यक्ष दाहालले भने,“पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन ।”

Logo