‘विप्लव’ का २ कार्यकर्ता पेस्तोल र गोलीसहित पक्राउ

‘विप्लव’ का २ कार्यकर्ता पेस्तोल र गोलीसहित पक्राउ


प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीले मोरङको कानेपोखरी ६ बाट सुन्दरहरैंचा नगरपालिकाका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाललाई पक्राउ गरेको हो।

मोटरसाइकलमा सवार उनीहरुबाट प्रहरीले दुईवटा पेस्तोल, चारवटा म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

उनीहरु को १७ प ४५९६ नम्बरको मोटरसाइकलमा चन्दा असुल्न गइरहेका बेला पक्राउ परेका हुन् ।

Logo