इन्डोनेसियामा शक्तिशाली भूकम्प, अस्ट्रेलियासम्म झट्का

इन्डोनेसियामा शक्तिशाली भूकम्प, अस्ट्रेलियासम्म झट्का


इन्डोनेसियाको दक्षिण प्रान्त तानिम्बार टापुमा सोमबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनमा २०८ किलोमिटर तल रहेको थियो । त्यहाँबाट ७२० किलोमिटर टाढा रहेको अस्ट्रेलियाको डार्विनका वासिन्दाहरुले समेत भूकम्पको कम्पन महसुस गरेका थिए ।

भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताएको छ । सोमबार मात्र पपुपा टापु रहेको क्षेत्रमा ९ वटा भूकम्पका झट्का महसुस गरिएको थियो ।

आजको भूकम्प विश्वमै धेरै भूकम्प जाने ‘रिङ्ग अफ फायर’ क्षेत्रमा भएको हो ।

Logo