सुदूरपश्चिम क्षेत्रमा बाढी आउँन सक्छ- महाशाखा

सुदूरपश्चिम क्षेत्रमा बाढी आउँन सक्छ- महाशाखा


जल तथा मौसम पूर्वानुमान विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) सुदूरपश्चिम क्षेत्रका खोला तथा नदीमा बाढी आउन सक्ने जनाएको छ।

महाशाखाले सूचना जारी गर्दै सुदूरपश्चिमका जलाधार क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेकाले त्यहाँ रहेका स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सजग रहन आग्रह गरेको हो।

‘आज बेलुकादेखि भोलि बिहानसम्म सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाटबट बहने साना नदी जलाधारहरूको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले स-साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्छ।’ महाशाखाले भनेको छ।

महाशाखाले अहिलेसम्म देशभर साना, ठूला र सहायक नदीहरुमा जल सतह सतर्कता तह भन्दा तल र सामान्य रहेको जनाएको छ ।

Logo