मुख्यमन्त्री राउतको भनाई प्रति प्रधानमन्त्रीको आपत्ति

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्य मन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । आइतवार प्रतिनिधि सभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी दिंदै प्रधानमन्त्री ओलीले प्रदेश २ का मुख्य मन्त्रीको नामै नलिई उनको अभिव्यक्ति प्रति असन्तुष्टि जनाएका हुन् ।

ओलीले भने, ‘नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कुटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त छन् ।’ ओलीले नेपाल सरकारको नीति विपरित धारणा अभिव्यक्त भएको पनि बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी रहेको र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए ।
नागरिकबाट