इरानलाई ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

इरानलाई ध्वस्त पारिदिने ट्रम्पको चेतावनी


तेहरान,

द्वन्द्व सुरु भए इरानलाई ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । आफूले युद्ध नचाहेको तर यदि इरानका कारण युद्ध सुरु भए तेहरानलाई ध्वस्त पारिदिने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका हुन् ।

एनबिसीसँग बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिका वार्ताका लागि तयार रहेको तर इरानलाई आणविक हतियार भने विकास गर्न नदिने पनि जिकिर गरेका छन् । केही दिनअघि मात्रै अमेरिकाको मानवरहित ड्रोनलाई इरानले खसालेको थियो । इरानले आफ्नो ड्रोन खसालेको प्रतिक्रियास्वरुप उसविरुद्ध हुन लागेको हवाई हमला अन्तिम समयमा आफूले रोकेको भन्ने विवरणबारे पनि ट्रम्पले प्रस्ट्याएका छन् ।

इरानमाथि हवाई हमला गर्दा एक सय ५० इरानी नागरिक मारिन सक्ने जानकारी पाएपछि आफूले तत्काल सो हमला रोक्न निर्देशन दिएको ट्रम्पले एनबिसीसँग बताएका छन् ।
एजेन्सी

Logo