बिहान छिटो उठ्ने पाँच तरिका

बिहान छिटो उठ्ने पाँच तरिका


व्यस्त जीवनशैलीको कारण महिलाहरु प्राय बिहान देखि बेलुकासम्म ब्यस्त हुन्छिन् । घर र अफिसको काम व्यवस्थापन गर्न निकै चुनौतीको काम हो । यस्तो अवस्थामा महिलाहरु ढिलो सुत्छन् । ढिलो सुत्नाले बिहान चाँडै उठ्न गाह्रो हुन्छ । ढिलो उठ्नाले शरिरको सिस्टम नै बिग्रन्छ । दिनभरीको कामको योजनमा पनि असर गर्छ । ढिलो उठ्दा ढिलोदेखि काम सुरु हुन्छ र ढिलै सकिन्छ । दिनभर आलस्य हुने, अल्छी लाग्ने, काम गर्न मन नाग्ने हुन्छ ।

ढिलोसम्म उठ्ने महिलाहरुमा समयको कमीले नास्ता गर्न पाउँदिनन् । जसले गर्दा स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ । समयमै व्यायाम गर्ने, नास्ता गर्ने र सहि समयमा अफिस पुग्नाले तनावबाट पनि बच्न सकिन्छ । यसको लागि महिलाहरुले केहि सजिलो टिप्स अपनाउन सकिन्छ । जसले गर्दा बिहान चाँडै उठ्न सकिन्छ ।

१. मनतातो पानी पिउने
प्रायजसो महिला बिहानको निन्द्रा भगाउनको लागि चिया पिउने गर्छन् । खाली पेटमा चिया पिउँदा एसिडिटीको समस्याले सताउन सक्छ । यस्तोमा निन्द्रा भगाउनको लागि मनतातो पानी पिउनु उपयुक्त हुन्छ । खाली पेटमा मनतातो पानी पिउँदा शरिरको कार्यसम्पादन सुरु हुन्छ । कब्जियतको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । साथै शरिर डिटक्स पनि हुन्छ । पानीमा कागती र मह मिसाएर पिएमा झन फाइदा हुन्छ ।

२.वाकमा निस्कनुहोस्
धेरैजसो महिला बिहान उठ्ने वित्तिकै काममा लागिहाल्छन् । उनीहरु निन्द्रा नपुगेको महसुस गरिरहन्छन् । यदि उठेपछि फ्रेस भएर बाहिर ताजा हावा खानको लागि निस्कदा निन्द्रा त टुट्छ साथै ताजा अक्सिजन लिनाले एनर्जेटिक महसुस हुन्छ ।

३. राती हल्का खाना खाने
राती हेभी खाना लिनुहन्छ भने आजैबाट यो बानी त्याग्नुहोस् । राती हरियो सब्जी, दाल रोटी, सलाद खिचडी आदि खाँदा पेट हल्का हुनुको साथै बिहान उठ्ने बित्तिकै सुस्त महसुस हुँदैन् ।

४. अलार्मलाई बेडबाट टाढा राख्नुहोस्
मोबाइलमा अलार्म लगाएर सुत्दा मोबाइल आफुसँगै राखेर सुतिन्छ । यसले हानी गर्छ । एउटा मोबाइल छेउमा राख्दा रिल्याक्स भएर सुत्न सकिदैन् । साथै बिहान अलार्म बन्द गरेर फेरी सुत्न सकिन्छ । यसकारण अलार्म राखेर बेडबाट टाढा राख्नुपर्छ जसले गर्दा अलार्म बज्दा बन्द गरेर फेरि सुतिदैन् । अलार्म बन्द गर्न बेडबाट उठेर जाँदा निन्द्रा भागिसक्छ ।

५. ग्याजेटसँग नसुत्नुहोस्
धेरैजसो महिलाहरु राती मोबाइल वा ल्यापटप राखेर सुत्दा तपाईको ध्यान मोबाइलको नोटिफिकेसन र म्यासेज बक्समा गइरहन्छ । ग्याजेट्सको हेर्दै सुतिन्छ । यसको नतिजा राम्रोसँग निदाउन असमर्थ भइन्छ । साउन्ड स्लिपको लागि राती शान्तीसँग सुत्नु जरुरी हुन्छ । ग्याजेट बन्द सुतेमा राम्रो निन्द्रा आउने सम्भावना बढी हुन्छ ।

माथि उल्लेख गरिएको उपाय अपनाएमा बिहान छिट्टै उठ्ने बानी बनाउन सकिन्छ । कुनै पनि बानी विकसित हुनुमा कम्तिमा पनि १५ दिन लाग्छ । सुरुवाती दिनमा असहज महसुस हुन सक्छ तर धैर्य राख्नुहोस, विस्तारै विस्तारै रुटिन बनाएर लागु गर्नुहोस । बानी परेपछि तपाईको समयको व्यवस्थापन हुन्छ र बिहान चाँडै उठ्न सकिन्छ । स्वस्थ र स्फुर्त जीवनशैली जिउन सकिन्छ । त्यसपछि बिहान चाडै उठ्ने बानी पार्न केहि समय पनि लाग्दैन् ।

Logo