नगरपालिकाको कार्यालयमा तोडफोड

नगरपालिकाको कार्यालयमा तोडफोड


महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा शनिबार राति तोडफोड भएको छ । नगरपालिकाका उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो ।

कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन र २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु शनिबारको दिन आएर मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि विवादले उग्ररुप लिएको थियो ।

कामको चापले गर्दा शनिबार पनि काम गर्न बाध्य भएको उनीहरुले बताएका छन् । कार्यालय तोडफोड गर्ने क्रममा उपप्रमुख पक्षका राजपाका नेता ज्ञानु झा घाइते भएका छन् । उनको स्थानीय क्लिनिकमा उपचार भैरहेको छ ।

Logo