देशको अर्थतन्त्र तस्करको हातमा : गृहमन्त्री

पोखरा

गृहमन्त्री राम बहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् । कर नतिर्ने, राजस्व छल्ने माफिया, ठेकेदार र तस्करहरूले नै देशको अर्थतन्त्र चलाइरहेको उनले बताए । गृहमन्त्री थापाले भने, ‘आर्थिक क्षेत्रका अनियमितता, भ्रष्टाचार, तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य गरेर मात्रै मुलुकको विकास र समृद्धि हुन सक्छ।’

प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको आवश्यकता र जनताको जनादेश अनुसार नै विकास र समृद्धि गर्न विकास विरोधी तत्वहरूको नियन्त्रण र निस्तेज गरेर सरकार अगाडि बढ्ने जानकारी दिए । सुशासन, स्थायित्व र विकास नभएको कारण देशको विकास र समृद्धि हुन नसकेको टिप्पणी गर्दै गृहमन्त्री थापाले सुशासन कायम गर्न भ्रष्टाचार, सिन्डीकेट सहितका विकास विरोधी तत्वहरूको निर्मुल गरेर सरकार अगाडि बढ्ने जानकारी दिए ।
नागरिकबाट