गुठी विधेयक : आन्दोलन गरिरहेका अभियान्ताहरुले गरे १५ मिनेट ब्ल्याक आउट

गुठी विधेयक : आन्दोलन गरिरहेका अभियान्ताहरुले गरे १५ मिनेट ब्ल्याक आउट


काठमाडौं,

गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियन्ताहरुले शनिबार साँझ १५ मिनेट ब्ल्याक आउट गरेका छन् ।

केहि दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको तर सरकारले विधेयक खारेज नगरे द्वन्द्व नै निम्तिने धम्की दिइरहेका आन्दोलनकारीले आज गुठी विधेयकको विरोधमा १५ मिनेटलाई ब्ल्याक आउट गरेका हुन् ।

सरकारले राष्ट्रियसभामा पेश गरेको गुठी विधेयक फिर्ता लिएपनि सरोकारवालाहरुले दुई हप्तादेखि विधेयकको खारेजी माग गर्दै आन्दोलन जारी राखेका छन् ।

गुठियारको अधिकार समाप्त पार्ने प्रावधानसहित ल्याएको विधेयक चर्को जनदबाबपछि सरकारले असार ३ गते फिर्ता लिने घोषणा गरेको थियो ।

Skip This
Logo