रुपचन्द्रको घरमा पुग्दा जे देखियो (भिडियो रिपोर्ट)

रुपचन्द्रको घरमा पुग्दा जे देखियो (भिडियो रिपोर्ट)


  • रामजी बलामी

बुद्धले थाहा पाएर बुद्ध बने,
क्राइस्टले थाहा पाएर क्राइस्ट बने
संसारका सब मानिस थाहाका उपज हुन्
सप्रेको देश थाहा पाएर सप्रे विग्रेको देश भ्रममा परेर बिग्रे
भ्रमैभ्रममा बाँचेर बिग्रेको यो देशको एउटा नागरिक तपाई
थाहा पाउनुस, देश सप्रिन थालिहाल्छ ।

हो, थाहा पाएपछि पो सबैथोक हुन्छ । थाहा नपाउञ्जेल त सबै अन्धकार । यिनै दर्शनका दार्शनिक हुन् रुदाने अर्थात रुपचन्द्र दामन नेपाल ।

जनमुखी नेता रुपचन्द्र विष्टले मान्छेमा सकारात्मक चेतना जगाउनका निम्ति निष्पक्ष सक्रियताको यो अभ्यास थाहा आन्दोलन सुरु गरेका हुन् ।विष्टको जन्म बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीबाट वि.स १९९० पौष २६ गते भएको हो । आफुलाई रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट चिनाउँने विष्टको जन्म सम्भ्रान्त परिवारमा भएको भए पनि उनले जीवनभर जनमूखी राजनीति गरेर बिताए।

बीए र बीएलसम्म औपचारिक अध्ययन गरेका विष्टले २००७ देखि २०१० सम्म कम्युनिस्ट राजनीतिमा सक्रिय रहे । त्यसपछि २०१० देखि २०१७ सालसम्म किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहे भने २०१७ देखि २०२६ सालसम्म मजदुर हकहितको लागि राजनीति गरे । २०२२ र २०२९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहेका उनी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।

उनी एक अराजक दार्शनिक नेता थिए । उनले ‘भाते कुकुर’, तँ  जस्ता शब्दले सम्बोधन गर्ने गर्दथे । मजदुरवर्गलाई उनी निकै सम्मान गर्थे।उनको स्वभाव अन्य नेता र मानिसको भन्दा बिल्कुलै फरक थियो । विष्टको २०५६ साल असार ७ गते निधन भएको थियो  ।

हामी पनि उनै रुदानेको बारेमा तपाईहरुलाई थाहा दिन उनकै जन्मघर थाहानगर पुग्यौ । रुदानेको थाहा अभियानबाटै यो नगरपालिकाको नामाकरण गरिएको हो ।

काठमाडौंबाट बाइरोडको बाटो हुँदै करिव ६५ किमीको यात्रापछि थाहा नगरपालिकाको पालुङ पुगिन्छ । विष्टको घर जान पालुङबाट अर्काे एउटा सहायक बाटो भएर जानुपर्छ । फाँटभरी एकनासको आलुको विरुवाहरुको रमाइलो दृश्यहरु कैद गर्दै हामी विष्टको गाउँ घर्तिखोला पुग्यौ ।

हामीले गाउँका होमबहादुर विष्टलाई रुपचन्द्र विष्टको घरको बारेमा जिज्ञासा राख्यौ । तर, जोड जोडले चलेको हावाले हाम्रो कुराकानीमा अवरोध पैदा गरिदियो ।

आज उनको २० औं स्मृति दिवसको अवसर पारेर हामीले यो सामाग्री तयार पारेका हौ।

बिस्तृत भिडियोमा हेर्नुहोस् 

 

यो पनि 

 

 

Skip This
Logo