रेशमचौधरीलाई लगाइएको नेल हटाइयो

रेशमचौधरीलाई लगाइएको नेल हटाइयो


वीर अस्पतालमा भर्ना उपचाररत रेशम चौधरीको खुट्टामा लगाइएको फलामको नेल हटाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि नेल फ़ुकलिएको हो । प्रधानमन्त्री ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीला फोन गरि नेल तत्काल फुकाल्न निर्देशन दिएका थिए ।साथै ओलीले नेल लगाउन निर्देशन दिनेलाई पनि कारवाही गर्न निर्देशन दिएका थिए।

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पताल भर्ना गरिएको हो। कम्मर र ढाडमा दुखाइ भएपछि उनले अहिले फिजियो थेरापीसमेत गराउँदै आएका छन्। चौधरीलाई उपचारका क्रममा पनि १४ किलोको नेलले बाँधिएको थियो ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीमा ८ प्रहरी अधिकारीसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर काण्डका मुख्य दोषी ठहर भएका चौधरी यतिबेला कैद भुक्तान गरिरहेका छन् ।

Logo