माझीहरुको रमाइलो घाटपूजा

माझीहरुको रमाइलो घाटपूजा


काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं. ६ मा ३ वटा माझीवस्ती छन् । तीन वटा माझीगाउँलाई माथ्लोगाउँ, तल्लोगाउँ र आपगाउँ भनेर चिनिन्छ । सबै गाउँका आआफ्नै विशेषता र चार्डपर्व छन् ।

यस्तै मध्ये घाटपूजा पनि एक हो । करिव ३/३ किलोमिटरको दुरीमा रहेका यी गाउँका माझीहरुले यो पर्व मनाएका छन् । आफ्नै भेषभुषामा आफूहरुले प्रयोग गरिने जाल, बल्छी, फुर्लुंग, घोल्र्यांग तथा बाजागाजा लिएर माथिल्लो गाउँदेखि ३ वटै गाउँमा रमाइलो गर्दै झर्दछन् ।

तल खेलामा पुगेर खोला वारीपारी गर्ने डुंगालाई सबै मिली पूजा गर्ने गर्दछन् । आफ्नै संस्कृतिका धनी माझी जातीहरु सो पूजामा नजिक रहेका अन्य समुदायलाई पनि बोलाउँछन् । रमाइलो गर्दै पूजा सकेर प्रसाद खाने चलन छ ।

कोलांतीका स्थानीय पुरुषोत्तम माझीका अनुसार यसो गर्नु माझीहरुको मौलिक संस्कृति हो । परम्परागत रुपमा उनीहरुले आफ्नो संस्कृति जोगाउँदै आइरहेका छन् ।

Logo