रेशम चौधरीहरुलाई नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्नु- प्रधानमन्त्री

रेशम चौधरीहरुलाई नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्नु- प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित सांसद रेशम चौधरीलाई लगाइएको नेल खोल्न निर्देशन दिएका छन् ।

राजपाका निलम्बित सांसद चौधरीलाई अस्पतालमा भर्ना गर्दा नेल लगाइएको बिषयमा चर्को आलोचना भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको जानकारी दिए ।

चौधरीको फोक्सो र ढाडमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । त्यसक्रममा उनको खुट्टामा फलामको मोटो रेल लगाइएको थियो।

यस बिषयमा अहिले सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ।

Logo