रुपचन्द्र विष्टको स्मृतिमा ‘रुदाने शैलीको’ कार्यक्रम

रुपचन्द्र विष्टको स्मृतिमा ‘रुदाने शैलीको’ कार्यक्रम


प्रमुख अतिथि, बिशेष अतिथि र मन्चभरि अतिथिहरुको आसनग्रहण । उनीहरुको मान सम्मानका लागि फूलमाला, खादा, ब्याच अनि भव्य स्वागत सत्कार र बिदाई । हो, अचेल कुनैपनि कार्यक्रम भनेपछि यस्तै बुझिन्छ । हुन् पनि हिजोआज गोष्ठी, सहकारीदेखि भेटघाट र अन्तरक्रिया कार्यक्रमहरु समेत यसरी संचालन गर्ने चलन अनिवार्य जस्तै बन्न थालेका छन् ।

तर, शुक्रबार मकवानपुरको भिमफेदीमा बिल्कुल फरक प्रकारले कार्यक्रम सम्पन्न भयो ।  कार्यक्रममा न प्रमुख अतिथि न अतिथि, न त उपस्थितहरुको गलामा खादा र माला नै।

शिक्षासेवी, दार्शनिक तथा जनमुखी नेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा मकवानपुरको भीमफेदी ९ स्थित लेकाली बसीफाँट माविले आयोजना गरेको कविता वाचन तथा अन्तरक्रिया कार्यक्रममा यस्तै देखियो।  रुपचन्द्रले छाडेको पहिचान संरक्षण र प्रवर्द्धन गर्ने ध्येयका साथ उनकै शैली अनुसार कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार लामाले जानकारी दिए ।

रुदाने अर्थात रुपचन्द्र विष्टको पर्चा वाचन गरेर सुरुवात गरिएको कार्यक्रममा मकवानपुर र काठमाडौंका एक दर्जनभन्दा बढी साहित्यकारहरूले प्रगतिशील कविता वाचन गरेका थिए । कार्यक्रममा कवि स्नेह सायमी, निमेष निखिल, अप्सरा तिम्सिना, पुरुषोत्तम आचार्य, सुमनराज श्रेष्ठ, मुक्तान थेवा, शान्तिप्रिय बन्दना, सुवास खनाल, बिरप्रसाद भन्सारी, केशव समर्पण, सिएम रिमाल, भावना सापकोटा, सविता तिमल्सिना, छवि अनित्य, उमाकान्त आचार्यलगायतले रचना वाचन गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद तथा रुपचन्द्र विष्ट स्मारक समिति नेपालका अध्यक्ष रामनारायण बिडारीले रुपचन्द्रको भावनाअनुरुप जनताको सेवकको रुपमा जनप्रतिनिधिले काम नगरेको बताए । बिडारीले ‘रुपचन्द्रकै अभियानको नामबाट राखिएको ‘थाहा’ नगरपालिकामा रुपचन्द्रकै अपमान गरेको भन्दै रुपचन्द्रको स्मृति दिवसमा थाहा नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने बताए ।

यो पनि  

रुपचन्द्र विष्टका रोचक प्रसङ्गहरु: तँ, भाते, बोराको लुगा, हड्डीको टुक्रा ! (भिडियोसहित)

 

 

रुपचन्द्र बिष्ट: पर्चा बेचेर चुनाव जित्ने विश्वकै पहिलो नेता (भिडियो अन्तर्वार्ता)

 

 

Skip This
Logo