ध्यान केन्द्र स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा (भिडियो सहित)

ध्यान केन्द्र स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा (भिडियो सहित)


काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले योग गर्न सबैलाई आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले अस्वस्थ शरिर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर सबैलाई योग गर्न आह्वान गर्नु भएको हो । अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल कर्मयोगीहरुको देश भएको उल्लेख गर्दै सबैलाई कर्म र योग दुवै गर्न पनि आग्रह गर्नु भयो ।

हरेक दिन समय निकालेर योग गरे लोभ, क्रोध र तनावबाट मुक्ति मिल्ने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्रीले केही स्वार्थी तत्वहरुले देशलाई आग्रह, उत्तेजना र आवेशतिर लैजान खोजेपनि सरकारले त्यसलाई परास्त गरेर समृद्धितिर, सुसंगत परिपाटीतिर जैलाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्ध भूमि नेपाललाई ध्यान भूमिको रुपमा चित्रण गर्दै विश्व ध्यान केन्द्र स्थापना गर्ने घोषणा पनि गर्नु भयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले पनि योगबारे चर्चा गर्नु भएको थियो । हेरौं यो भिडियोमा :

Logo