१३ औँ आर्किटेक्चरल प्रदर्शनी शुरु (भिडियोसहित)

१३ औँ आर्किटेक्चरल प्रदर्शनी शुरु (भिडियोसहित)


१३ औं राष्ट्रिय आर्किटेक्चरल प्रदर्शनी आजबाट शुरु भएको छ ।

प्रदर्शनीको ललितपुर महानगरपालीकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उनले यस्तो प्रदर्शनी उदाहरणीय भएको बताउदै निरन्तरताको कामना गरे । उनले यस्तो कार्यक्रमहरुलाई निरन्तरता दिन सके सर्वसाधारणमा आर्किटेक्चरको ज्ञान अभिवृद्धि हुने बताए ।

प्रदर्शनीमा निर्माण सामाग्री, आर्ट र सहरी विकासका बिबिध आयामहरु प्रस्तुत गरिएको छ । यसका साथै प्रर्दशनीमा आर्किटेक्चर क्षेत्रमा भएका नयाँ आविष्कारहरु, यससँग सम्बन्धित उत्पादनहरु, प्रविधि र डिजाइनहरु पनि प्रदर्शन गरिएको छ ।

एशोसिएसन अफ स्टुडेन्ट्स अफ आर्किटेक्चर (आशा) ले ललितपुरको पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा प्रदर्शनीको आयोजना गरेको हो । ‘आँगन’ नाम राखिएको यो प्रदर्शनी आगामी ८ गतेसम्म संचालन हुनेछ ।

१३ औं राष्ट्रिय आर्किटेक्चरल प्रदर्शनी आजबाट शुरु भएको छ ।प्रदर्शनीको ललितपुर महानगरपालीकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उनले यस्तो प्रदर्शनी उदाहरणीय भएको बताउदै निरन्तरताको कामना गरे । उनले यस्तो कार्यक्रमहरुलाई निरन्तरता दिन सके सर्वसाधारणमा आर्किटेक्चरको ज्ञान अभिवृद्धि हुने बताए । प्रदर्शनीमा निर्माण सामाग्री, आर्ट र सहरी विकासका बिबिध आयामहरु प्रस्तुत गरिएको छ । यसका साथै प्रर्दशनीमा आर्किटेक्चर क्षेत्रमा भएका नयाँ आविष्कारहरु, यससँग सम्बन्धित उत्पादनहरु, प्रविधि र डिजाइनहरु पनि प्रदर्शन गरिएको छ ।एशोसिएसन अफ स्टुडेन्ट्स अफ आर्किटेक्चर (आशा) ले ललितपुरको पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा प्रदर्शनीको आयोजना गरेको हो । ‘आँगन’ नाम राखिएको यो प्रदर्शनी आगामी ८ गतेसम्म संचालन हुनेछ ।

Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, June 21, 2019

Logo