एनसेल प्राईभेट लिमिटेडले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको हो । "/>

एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका विजेताहरु घोषणा

एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका विजेताहरु घोषणा


एनसेल प्राईभेट लिमिटेडले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको हो ।

यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउँछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ ।

यो योजना सुरु भएको चार हप्ता सम्ममा ४० जना ग्राहकहरु स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरि सकेका छन् भने अन्य ३० ग्राहकको पहिचान प्रमाणित भईसकेको छ ।

“मेरो श्रीमान जेष्ठ २० गते दुबईबाट फर्कनु भएको छ । उहाँले नै मलाई उताबाट कल गर्नुहुन्थ्यो । ‘कल आयो पैसा पायो’ योजनामा स्मार्टफोन जित्न पाएकोमा मलाई धेरै धेरै खुसी लागेको छ ।’’ झापा बिर्तामोडका राधिका रम्तेलले भनिन् । हालै मात्र उनले एनसेलको मुख्य कार्यलयमा आयोजित एक कार्यक्रममा आफुले जितेको स्मार्टफोन ग्रहण गरेकी थिईन ।

‘‘मैले यो कल आयो पैसा पायो योजना सुचारु गरेको थिए । आफु एकदमै भाग्यमानी भएको अनुभव भई रहेकोछ । एनसेलले ग्राहकलाइ धेरै नै सेवा सुविधाहरु दिइ रहेकोछ ।,” आफ्नो खुसी व्यक्त गर्दै स्मार्टफोन विजेता मध्यकी एक इलामकी मञ्जना देवानले भनिन् ।

एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार यो योजना अन्तर्गतको विजेताहरुको  छनोट गरिन्छ । प्रमाणिकरण भईसकेका विजयी ग्राहकलाई एनसेलको मुख्य कार्यलयबाट तथा देशभरीका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिदै आएको छ ।

यो योजना अन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

वैशाख १६ देखि संचालनमा रहेको यो योजना श्रावण १३ सम्म संचालनमा रहनेछ । एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको यस योजना अन्तर्गत ग्राहकले विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट २ बोनस स्वरुप १० मिनेट सम्म पाउँछन् ।

Logo