श्रीराम सुगर मिलद्वारा उखुको भुक्तानी गर्न बैंक खातामा रकम जम्मा

श्रीराम सुगर मिलद्वारा उखुको भुक्तानी गर्न बैंक खातामा रकम जम्मा


काठमाडौं ।

आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका उखु किसानहरुको बाँकी भुक्तानी दिनका लागि श्रीराम सुगर मिलले बैंक खातामा पैसा जम्मा गरेको छ ।

आज प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले उखु किसानको बाँकी रकम भुक्तानीका लागि मिलले बैंक खातामा पैसा जम्मा गरिसकेको बताएका छन् । उनका अनुसार किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको रोहबरमा मिलले शुक्रबारदेखि नै किसानको खातामा पठाउने भएको छ ।

उखु किसानलाई श्रीराम चिनी मिलले ३५ करोड रूपैयाँ दिन बाँकी छ भने अन्य बाँकी मिलले गरी झण्डै ९० करोड रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गर्न बाँकी छ । २०७० देखि २०७६ सालसम्म मध्य मधेश र नवलपरासीसहितका २० हजारभन्दा धेरै किसानले बेचेको उखुको मूल्य पाएका छैनन् ।

Logo