रुपचन्द्र बिष्ट: पर्चा बेचेर चुनाव जित्ने विश्वकै पहिलो नेता (भिडियो अन्तर्वार्ता)

रुपचन्द्र बिष्ट: पर्चा बेचेर चुनाव जित्ने विश्वकै पहिलो नेता (भिडियो अन्तर्वार्ता)


  • रामजी बलामी

थाहा अर्थात मान्छेमा चेतना जनाउने अभियान । हो, यही अभियानका संस्थापक अभियन्ता हुन् रुदाने अर्थात रुपचन्द्र दामन नेपाल । उनको खास नाम रुपचन्द्र विष्ट भए पनि उनी आफूलाई रुदाने भनेर चिनाउँथे ।

उनै रुदानेले थालेका हुन् निष्पक्ष सक्रियताको अभ्यास थाहा आन्दोलन । उनको जन्म वि. स. १९९० पौष २६ गते बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट मकवानपुरको दामनमा भएको हो । सम्भ्रान्त परिवारमा जन्मेका उनी दार्शनिक नेता थिए । राष्ट्रिय पञ्चायतका सदस्य समेत बनेका उनी किसान र मजदुरको पक्षमा राजनीति गर्दथे ।

जनमुखी राजनीति गरेर पटक पटक जेल जीवन विताएका रुदानेले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत जेल जीवन बिताएका थिए । उनी भन्ने गर्दथे, “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी ।” यि र यस्ता थुप्रै महावाणीहरु छन् उनका जसले अचेलको राजनीति र नयाँ पुस्तालाई सोचमग्न बनाएको छ ।

उनै जनमुखी नेता रुदानेको २०५६ साल असार ७ गते निधन भएको थियो । भोलि (शनिबार) बिबिध कार्यक्रम गरि रुपचन्द्र बिष्टको २० औं स्मृति दिवस मनाइदै छ।  यसै सन्दर्भमा हामीले रुपचन्द्र विष्ट स्मारक समिति नेपालका अध्यक्ष तथा राष्ट्रिय सभाका प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीसँग कुराकानी गरेका छौ ।

बिस्तृत कुराकानी भिडियोमा हेर्नुहोस् 

Logo