१३ औं राष्ट्रिय आर्किटेक्चरल प्रदर्शनी आजबाट

१३ औं राष्ट्रिय आर्किटेक्चरल प्रदर्शनी आजबाट


१३ औं राष्ट्रिय आर्किटेक्चरल प्रदर्शनी आजबाट शुरु हुदैछ ।  एशोसिएसन अफ स्टुडेन्ट्स अफ आर्किटेक्चर (आशा) ले ललितपुरको पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।

प्रर्दशनीमा आर्किटेक्चर क्षेत्रमा भएका नयाँ आविष्कारहरु, यससँग सम्बन्धित उत्पादनहरु, निर्माण सामाग्री, प्रविधि र डिजाइनहरु प्रस्तुत गरिने आयोजक सदस्य सुधा कट्टेलले जानकारी दिइन्।  यसका साथै निर्माण क्षेत्र, आर्ट र सहरी विकासमा आर्किटेक्चरको भूमिकाहरु पनि प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा कला, फोटोग्राफी र विभिन्न डिजाइनहरु पनि प्रदर्शन गरिने छ।

प्रदर्शनीको यस बर्षको नाम ‘आँगन’ राखिएको छ । प्रदर्शनी आगामी ८ गतेसम्म संचालन हुनेछ ।

Logo