बीस वटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

बीस वटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको कति ?


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत २६ वाणिज्य बैंक मध्ये आजसम्म २० वटा बैंकले लाभांश घोषणा गरेका छन् भने नेप्सेमा सूचिकृत २६ वाणिज्य बैंक मध्ये ६ बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

विहिबार नेपाल बैंकले लाभांश घोषणा गरेसँगै आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने बैंकको संख्या १९ पुगेको छ । नेपाल बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले १ अर्ब ३५ करोड ३९ लाख ३८ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर तथा ४५ करोड १३ लाख १२ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका १९ वाणिज्य बैंक मध्ये हिमालयन बैंक र एनआईसी एसिया बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेका छन् । सेन्चुरी कमर्शियल बैंकले सबैभन्दा कम ७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यता, नेप्सेमा सूचिकृत २६ वाणिज्य बैंक मध्ये ६ बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । बैंकहरुले पुष मसान्तसम्म बार्षिक साधारणसभा सम्पन्न गरिसक्नु पर्ने र २१ दिन पूर्व नै बार्षिक साधारणसभा सम्बन्धी जानकारी दिईसक्नु पर्ने हुन्छ । तर १९ बैंकले बार्षिक साधारणसभा सम्बन्धी जानकारी र लाभांश घोषणा गरे पनि अझै ६ बैंकले लाभांश घोषणा गरेका छैनन् ।

अहिलेसम्म लाभांश घोषणा नगर्ने बैंकहरुमा नबिल, एनएमबि, प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र सिभिल बैंक रहेका छन् । नेपाल राष्ट्र बैंकले कोभिड १९ का कारण असारमा उठाउनु पर्ने ब्याजलाई असोज मसान्तसम्म उठाउन समय दिएको, मर्जरमा गएका बैंकहरुको गुडविल लगायतका एकाउन्टिंङलाई लिएर नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा उत्पन्न विवाद र त्यसले सिर्जना गरेको अन्यौलताले ब्यालेन्स सिट स्वीकृतीमा भएको ढिलाई भएकाले बाँकी बैंकहरुले समयमै लाभांश घोषणा गर्न नसकेको बैंकहरुले जनाएका छन् ।

लाभांश घोषणा गर्ने बैंक
१.मेगा बैंक
मेगा बैंकले आज लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश गरि कुल १३.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४ सय १६ रुपैयाँ रहेको छ ।
२. हिमालय बैंक
अहिलेसम्म लाभांश घोषणा गर्ने मध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्ने हिमालय बैक र एनआईसी एसिया बैंक रहेका छन् । यी दुबै बैंकहरूले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हिमालय बैंकले गत आवको कारोबारबाट ६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
३.एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । एनआईसी बैंकले आवको कारोबारबाट १ प्रतिशत मात्र नगद लाभांश दिने भएको छ ।
४.ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकहरूले दिने लाभांशमा ग्लोबल आईएमईले २ प्रतिशत नगद लाभांश दिने भएको हो ।
५.बैंक अफ काठमाण्डु
बैंक अफ काठमाण्डु बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकहरूले दिने लाभांशमा बैंक अफ काठमाण्डूले ३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
६. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने १५ प्रतिशत लाभांश घोषणा गर्ने भएको छ । बैंकले ३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
७.एभरेष्ट बैंक
एभरेष्ट बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने ५.५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
८.स्ट्यान्डर्ड चार्टर्ड
स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने ४.८४ प्रतिशत नगद लाभांश रहेको छ ।
९.सनराइज बैंक
सनराइज बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने ३.६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
१०.सानिमा बैंक
सानिमा बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने ३.६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
११.नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ३.४७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
१२. माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने ३.३७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
१३.कुमारी बैंक
कुमारी बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ३.१५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
१४. नेपाल बैंक
नेपाल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रहेको छ ।
१५.कृषि विकास बैंक
कृषि विकास बैंकले १५ प्रतिशत बोनस शेयर लाभांश दिने भएको छ । उक्त शेयरमा लाग्ने कर प्रयोजनका लागि थप ०.७८ प्रतिशत नगद लाभांश पनि दिने निर्णय बैंकले पारित गरेको छ । यसअघि २०१६ र ०१७ मा २० प्रतिशत बोनस शेयर लाभांश दिएको बैंकले २०१७ र ०१८ मा ६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि २१ प्रतिशत लाभांश दिएको थियो । २०१८/१९ मा ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद गरि ३० प्रतिशत लाभांश दिएको थियो ।
१६.सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने ७.५ प्रतिशत बोनस दिने भएको छ । बैंकले ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
१७.प्रभु बैंक
प्रभु बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७६/७७ को नाफाबाट शेयर धनीलाई १०.५२ लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत आवको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगदसहित लाभांश प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड रुपैयाँ पुग्नेछ ।
१८.लक्ष्मी बैंक
लक्ष्मी बैंकले आर्थिक वर्ष ०७६/७७ को नाफाबाट ११.५५ लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको चुक्ता पूँजीमा ९५ प्रतिशत बोनस शेयर र करसहित २.५५ नगद गरी कुल ११.५५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ८८ करोड ३१ लाख ३० हजार ५०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
१९.सिटिजन्स बैंक
सिटिजन बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
२०.नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गर्ने ८.४२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Logo