एनआईसी एशियाको एकसाथ ३ वटा शाखारहित बैंकिङ सेवा

एनआईसी एशियाको एकसाथ ३ वटा शाखारहित बैंकिङ सेवा


एनआईसी एशिया बैंकले एकसाथ ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्षराम बल्लभ साह र विशेष अतिथिको रूपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत र वडा नं. ६ का वडा अध्यक्ष सुरेश कुमार साह सुरीको उपस्थितिमा सम्पन्न भएको हो । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रूपमा रमेश गुप्तालाई नियुक्त गरिएको छ ।

यसै गरी गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ सेवाको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्गले गरे । गाडागल्ली शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा  लोकनाथ लामिछानेलाई नियुक्त गरिएको छ ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालय, २९४ एटीएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाइमार्फत् सेवा प्रदान गर्दै आएको छ । बैंकका करीब १६ लाख ग्राहक छन् ।

Logo