निर्मला प्रकरणः यातना दिएको भन्दै चौधरीले दिए प्रहरीविरुद्ध उजुरी

निर्मला प्रकरणः यातना दिएको भन्दै चौधरीले दिए प्रहरीविरुद्ध उजुरी


कञ्चनपुर । निर्मला पन्त प्रकरणमा १६ दिन प्रहरी हिरासतमा बसेका विशाल चौधरीले उजुुरी दिएका छन् । हिरासतमा रहँदा आफुलाई चरम यातना दिएको भन्दै चौधरीले प्रहरीविरुद्ध नै उजुरी दिएका हुन् । उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका हुन् ।

उनले बिहीबार तत्कालीन डिएसपी कृष्णराज ओझा र सालघारी बिटका इन्चार्ज असई राम सिंह धामीविरुद्ध जाहेरी दिएका हुन्। तर प्रहरीले जाहेरी लिन मानेको छैन।

जाहेरी दिन बिहीबार विशालसँगै विशालका बुवा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेका थिए। अनुसन्धानका क्रममा प्रहरीले आफूलाई दिएको यातनाविरुद्ध विशालले किटानी जाहेरी दिएको उनका बुबा वीरबहादुर चौधरीले बताए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न भएको आशङ्कामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका विशाललाई नियन्त्रणमा लिएको थियो । चौधरीको डीएनए परीक्षणसमेत गरिएको थियो। डीएनए नमिलेपछि उनी रिहा भएका थिए।

Logo