इटहरीका मेयर चौधरी फेरि विवादमा, महिलाप्रति गरे अपमानजनक टिप्पणी

इटहरीका मेयर चौधरी फेरि विवादमा, महिलाप्रति गरे अपमानजनक टिप्पणी


काठमाडौं । ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्दै चर्चामा आएका इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् । सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रममा मेयर चौधरीले महिलामाथि अमर्यादित टिप्पणी गरेका थिए ।

असार ४ गते इटहरी–१६ लबिपुरमा आयोजना गरिएको कार्यक्रममा मेयर चौधरीले बारम्बार रण्डी जिन्दावादको नारा लगाएका थिए । पछिल्लो समय इटहरीमा वेश्यवृत्ति बढ्दै गएको भन्दै सचेतना जगाउन आयोजना गरिएको कार्यक्रममा तीन जना महिलाको सहभागिता रहेको थियो । वडा नम्बर १६ र १७ को नागरिक समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा मेयर चौधरीले आफ्नो मन्तव्य राख्ने क्रममा उक्त अमर्यादित शब्दको प्रयोग गरेका हुन् ।

मेयरकै घरमा होटलको नाममा अवैध कार्यः

मेयर चौधरीले खुलेआम महिलाहरुको अपमान गरिरहेको बेला उनकै घरमा अवाञ्छित गतिविधि हुने गरेको पाईएको छ । मेयर चौधरीको घरमा होटल सञ्चालनमा छ । उक्त होटलमा यौन धन्दा चल्ने गरेको स्थानीयको आरोप थियो । उक्त आरोपपछि मेयर चौधरीले होटलको बोर्ड नै फ्याँकिदिएका हुन् ।

भाषणको शुरुवात आफ्नै घरमा रहेको होटलमा अवाञ्छित गतिविधि हुनेगरेको खुलाशा गरेका थिए । उनले भने, ‘पहिला केही केटाहरूलाई भाडामा दिएको घर व्यवस्थित गर्न अहिले होटललाई भाडामा दिएको छुँ । त्यहाँ त अवाञ्छित गतिविधि हुने रहेछ । त्यो थाहा पाएपछि होटलको बोर्ड नै फ्याँकिदिएको छुँ । भाडामा बसिसकेको मान्छेलाई निकाल्नै गाह्रो भएकाले अहिले पनि होटल नै चलिरहेको छ ।’

मेयर चौधरीमाथि कारवाहीको मागः

महिला अधिकारीकर्मीहरुले मेयर चौधरीमाथि कारवाहीको माग गरेका छन् । उनीहरुले मेयर चौधरीको मानसिक सन्तुलन गुमेको भन्दै सबैभन्दा पहिला उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि मेयर चौधरीमाथि कारवाहीको माग गरेका छन् । उनीहरुले तत्काल मेयरलाई बर्खास्त गरेर साईबर क्राइम र अपमान तथा मानहानीको मुद्दा अन्तर्गत कारवाहीको माग गरिएको हो ।

यसअघि मेयर चौधरी इटहरीका पत्रकार विराट अनुपमलाई ‘तेरो नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छुँ’ भन्दै विवादमा तानिएका थिए । त्यो समय सबैले पत्रकारनै दोषी हो भन्दै मेयरको खुलेरै प्रशंसा गरेका थिए । मेयर चौधरीले पत्रकारमाथि माफियासँग मिलेर धम्की दिएको, विभिन्न योजनामा पैसा मागेको जस्ता आरोप लगाएका थिए । केही दिन भाइरल बनेका मेयर चौधरी यतिबेला विवादमा तानिएका हुन् ।

‘नाकको हड्डी भाँच्ने’ धम्की फिर्ता लिदैं मेयरले भने, ‘भ्रष्टहरुलाई छोड्दिन’

इटहरीका मेयर उपस्थित कार्यक्रममा सहभागी नहुने पत्रकारको निर्णय

मेयरले छुट्याए ‘पत्रकारको नाक हड्डी भाँच्न’ एक करोड बजेट

Logo