विश्वकप क्रिकेट : दक्षिण अफ्रिका न्युजिल्यान्डसँग ४ वीकेटले पराजित

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका न्युजिल्यान्डसँग ४ वीकेटले पराजित


बर्मिङ्घम,

जारी विश्वकप क्रिकेटको बुधबार भएको खेलमा बलियो न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

बर्मिङ्घमस्थित एजबस्टनमा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु भएको खेलमा दक्षिण अफ्रिका न्युजिल्यान्डसँग ४ वीकेटले पराजित भएको हो । दक्षिण अफ्रिकाले दिएको २४८ रनको लक्ष्य न्युजिल्यान्डले ४१ ओभरमा भेटाएपछि जित हात पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुवै निकै पुराना र अनुभवी टोली हुन् । यद्यपि, यी दुवै टोलीले हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् ।

न्युजिल्यान्डले पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएको छ भने दक्षिण अफ्रिका सन् १९९२ पछि मात्र विश्वकपमा सहभागी भएको हो ।

Logo