झाँक्रीसँग यौन सम्बन्ध राख्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

झाँक्रीसँग यौन सम्बन्ध राख्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या


एजेन्सी । झाँक्रीसँग यौन सम्बन्ध राख्न नमान्दा भारतमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । तान्त्रिक झाँक्रीसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै उत्तर प्रदेशमा श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका हुन् ।

३२ वर्षीया महिलाले तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न महिलाका श्रीमान र तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पतिले तान्त्रिकसँग यौन सम्बन्ध राख्न बाध्य पारेको घटना छोराले देखेका थिए । उनी सहयोग माग्दै कराएका थिए । त्यसपछि घटनाबारे कसैलाई नभन्न छोरालाई धम्की दिइएका थिए ।

सुरुमा घटनालाई सौहार्दपूर्ण रुपमा समाधान गरिएको थियो । अर्को दिन उनले श्रीमतीलाई नदीको छेउमा जान सहमत गराएर त्यहाँ लगी धकेलेदिएका थिए ।

Logo