एनआईसी एशियाका ग्रहकलाई एपोलो हस्पिटलमा छुट

एनआईसी एशियाका ग्रहकलाई एपोलो हस्पिटलमा छुट


एनआईसी एशिया बैंक र नयाँदिल्लीस्थित एपोलो हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक ग्राहकले एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र हस्पिटलको तर्फबाट उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल २८४ शाखा, २९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Logo