प्रधानमन्त्रीसँग एकनाथको गुहार, ‘मलाई सांसद बनाइदिनुस्’

प्रधानमन्त्रीसँग एकनाथको गुहार, ‘मलाई सांसद बनाइदिनुस्’


काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन अघि भएको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगाडि परिवार दल तत्कालिन नेकपा एमालेसँग तीन बुँदे सहमति गरी एमालेमा विलय भएको थियो । तर ढकाल अहिले पनि परिवार दलबाटै आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

अध्यक्ष ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर आफुलाई राष्ट्रिय सभा सदस्य बनाउन माग गरेका छन् । ढकालले निर्वाचन अगाडि भएको सहमति कार्यान्वयन गर्दै आफुलाई सांसद बनाउन माग गरेका हुन् ।

सहमति अनुसार ढकाल सूर्य चिन्ह लिएर चुनावमा गएका थिए। त्यतिवेला एमालेसँग संघीय संसदमा परिवार दललाई प्रतिनिधित्व गराउने सहमति भएको थियो । सोही सहमति अनुसार आफ्नो दलका तर्फबाट राष्ट्रियसभामा सहभागि गराउन माग गरेका हुन्।

सहमति अनुसार परिवार दलका तर्फबाट समानुपातिक प्रणाली अन्तर्गत नेताहरुलाई संसद बनाउने भनिएको थियो। ढकाल एमालेको समानुपातिक सूचीमा परेका थिए। तर निर्वाचनको परिणामले दलहरुका तर्फबाट महिलाहरुको प्रतनिधित्व सुनिश्चित गराउनुपर्ने बाध्यता आएपछि उनी सांसद हुन पाएका थिएनन्।

Logo