गुठी विधेयकमा प्रधानमन्त्रीको एक्सन: मन्त्री, मेयर र सांसदलाई बोलाइयो

गुठी विधेयकमा प्रधानमन्त्रीको एक्सन: मन्त्री, मेयर र सांसदलाई बोलाइयो


गुठी विधेयकको चर्को बिरोध हुन् थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या सम्बोधनका लागि पहल थालेका छन्।

युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले आइतबार मात्रै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले सोमबार बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग छलफल गरेका छन् । मन्त्री अर्यालले प्रधानमन्त्री ओलीलाई विधेयकबारे ब्रिफिङ गरेकी छन्।

आजै प्रधानमन्त्री ओलीले राजधानी उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा मेयरहरुलाई छलफल गर्न बोलाएका छन्। छलफलको समय दिउसो ३ बजे तोकिएको छ । सांसद र मेयरहरुसंग छलफलपछि गुठियारहरुसंग पनि छलफल गर्ने बताइएको छ।

गुठी विधेयक राष्ट्रियसभामा पेश गरेपछि अहिले काठमाडौँ उपत्यकामा आन्दोलन भैरहेको छ। सरोकारवालासंग छलफल नगरेको र  सास्कृतिक पक्षलाई बेवास्ता गरिएको भन्दै बिरोध भैरहेको हो।

बिशेषत नेवार समुदायले यसको चर्को बिरोध गर्दै दिनहु जसो प्रदर्शन गरिरहेका छन्। उनीहरुले असर ४ गते बृहत प्रदर्शन गर्ने र असर १० गते नेपाल बन्द गर्ने घोषणा गरेका छन्।

यदपि संसदमा पनि यो विधेयकको बिरोध भैरहेको छ।  सत्तापक्षकै सांसदहरु समेत यो विधेयकमा दुई धारमा देखिएका छन्।

 

Logo