गुठी विधयेक पास हुन दिन्नौं- देउवा

गुठी विधयेक पास हुन दिन्नौं- देउवा


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक कुनै हालतमा पास हुन नदिने बताएका छन् । शनिबार हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा देउवाले देशमा सांस्कृतिक पक्षलाई जोड दिएर अलग्गै पहिचानसहितको एकीकरण गर्नुपर्ने बताएका हुन् ।

उनले संस्कृति र सभ्यतामा प्रहार नगर्न अनुरोध गर्दै जनताको अधिकार र स्वतन्त्रता कुनै पनि हालतमा खोस्न नदिने बताए । सभापति देउवाले आगामी दिनमा काङ्ग्रेसलाई पूर्णरुपमा बहुमत दिलाउन जुझारु भएर अघि बढ्ने बताए । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र गुट उपगुट मौलाएको बताउदै भने, “गुट उपगुट बन्द गर्नुपर्छ ।”

Logo