एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता


काठमाडौँ,

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरूले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रूपमा हस्ताक्षर गरेको बैंकका प्रवक्ता बन्दना पाठकले बताइन् ।

Logo