विवादास्पद विधेयकमै अल्झियो सरकार

विवादास्पद विधेयकमै अल्झियो सरकार


काठमाडौं,

सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएका छन् ।

विधेयक विवादमा आएपछि सरकार अलमलमा परेको छ । राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य, अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मिडिया काउन्सिल विधेयक, शान्तिसुरक्षा कायम गर्न बनेको विधेयकको चौतर्फि आलोचना र विरोध भइरहेको छ ।

यस्तै नेपाल प्रहरीको गठन तथा सेवासर्त सम्बन्धमा बनेको विधेयक, गुठीसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक, मदिरा उत्पादन र बिक्रीवितरण नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी विधेयक, राष्ट्रिय मानवअधिकार सम्बन्धी विधेयक मस्यौदामा सरोकारवाला निकाय, संस्था र व्यक्तिले असन्तुष्टि जनाउँदै विरोध गरेका छन् ।

यी विधेयकको चर्को विरोध भएपछि सरकारले संसद्बाट पास गराउन सकेको छैन । सरकारले राष्ट्रियसभामा छलफल नगरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएको राहादानी सम्बन्धी विधेयक पनि फिर्ता भएको छ ।
नागरिकबाट

Logo