इजीलिंक रेमिट्यान्स अष्ट्रेलियामा पनि

इजीलिंक रेमिट्यान्स अष्ट्रेलियामा पनि


इजीलिंक रेमिट्यान्सले अष्ट्रेलियाबाट पनि सेवा आरम्भ गरेको छ । अष्ट्रेलियाको सिड्नीमा एक कार्यक्रमको आयोजना गरि इजीलिंक रेमिट्यान्सका ब्राण्ड एम्बासडर रवि लामिछानेको उपस्थितीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, इजीलिंक रेमिट्यान्स अष्ट्रेलियाका प्रबन्ध निर्देशक दिपेन्द्र कार्की र नेपाली समुदायको बाक्लो उपस्थितीकाबीच सेवा आरम्भ गरेको हो ।

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत २१ बर्षदेखि देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंकले आफ्नो सेवालाई विस्तार गरेको हो । कार्यक्रममा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र कम्पनीका ब्राण्ड एम्बासडर रवि लामिछानेले त्यहाँ रहेका नेपालीहरुलाइ बैधानिक तरिकाले आफुले कमाएको रकम नेपाल पठाउन इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गरे । अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ ।

इजीलिंकले विगत २१ बर्षदेखि जापान, कोरिया, साइप्रस लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । अब नेपालभरि रहेको इजीलिंक रेमिट्यान्सको ६ हजार भन्दा बढी एजेन्ट, सब एजेन्ट तथा बैंक र वित्तीय संस्थाहरुबाट सजिलै भुक्तानी लिन र सजिलै बैंक खातामा रकम जम्मा गर्न सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी दिए ।

Logo