सगरमाथा आरोहणमा ४५ लाख खर्च, १५ लाख ऋण

सगरमाथा आरोहणमा ४५ लाख खर्च, १५ लाख ऋण


काठमाडौं,

एचआईभी संक्रमित एवं पूर्वफुटबल खेलाडी गोपाल श्रेष्ठले सफलतापूर्वक सगरमाथा आरोहण गर्दा ४५ लाख ४४ हजार ५१ रुपैयाँ खर्च भएको छ ।

विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेपनि हाल एचआईभी संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहण अभियानले उक्त सहयोग उपलब्ध गराएको सोमबार पोखरामा आयोजित आयव्यय सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो ।

एचआईभी संक्रमित श्रेष्ठको दोस्रो चरणको अभियानलाई सफल पार्न आफूहरूले विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट उक्त सहयोग संकलन गरेपनि हाल उक्त अभियानकर्तालाई १५ लाख ८ हजारको आर्थिक भार भएको अभियान संयोजक पद्मराज पहारीले बताए । उनका अनुसार करिब २ लाख ४८ हजार रुपैयाँ अभियानलाई सहयोग दिने आश्वासन प्राप्त भएको छ । बाँकी रकम विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग माग गरी ऋण चुक्ता गरिने उनले जनाए ।

अभियानमा विभिन्न व्यक्ति तथा संघसंस्था, पर्यटन व्यवसायीबाट २८ लाख ८८ हजार ८ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको थियो भने सांस्कृतिक कार्यक्रमबाट ६ लाख ४७ हजार ३ सय २९ रुपैयाँ संकलन भएको अभियानका कोषाध्यक्ष गीता पौडेलले बताइन् । उनका अनुसार आरोहण शुल्क २५ लाख, आरोहणको सामान र उपकरण खर्च ४ लाख ५ हजार, आरोहण सम्पन्न शेर्पा बोनस २ लाख ५० हजार, इन्दन यातायात खर्च ३९ हजार, सांस्कृतिक कार्यक्रम खर्च ३ लाख ७४ हजार २ सय ८९ रुपैया, आरोहण उद्धार खर्च ५ लाख २५ हजार ६ सय ३५, औषधि उपचार खर्च ५९ हजार, मसलन्द र छपाइ खर्च ८३ हजार १ सय ५ रुपैयाँ लगायतको शीर्षकमा खर्च भएको छ ।
कारोबारबाट

Logo