काठमाडौं,
लोक दोहोरी गायक तथा संचारकर्मि शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा हाँस्ने खेल्ने बोलको गित बजारमा आएकोे छ ।
डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो तथा शब्द शरण हुमागाईंको रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गितको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् ।
हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयं हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ ।
दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ । हेरौं भिडियोमा :
प्रतिक्रिया