चिल्लो छालाबाट छुटकारा पाउन प्रयोग गर्नुहोस यी ६ टिप्स

चिल्लो छालाबाट छुटकारा पाउन प्रयोग गर्नुहोस यी ६ टिप्स


यदि तपाईको छाला चिल्लो छ ? गर्मी मौसममा चिल्लो छाला हुनेले अलि बढि नै हेरचाह गर्नुपर्ने हुन्छ । चिल्लो छालाको लागि बजारमा धेरै प्रकारको क्रिम पाइन्छ । तर सबै क्रिम तपाईको छालाका लागि फाइदाजनक नहुन पनि सक्छ । तपाईको भान्सामा यति धेरै चिजहरु हुन्छ, त्यसको प्रयोग गर्न सकेमा चिल्लो छालाबाट छुटकारा पाउन सकिन्छ ।

१. अनुहारमा ओयल फ्रि मोस्चराइजर लगाउनुपर्छ । धेरै साबुन र एस्ट्रिजेन्टको प्रयोगले छाला रुखो हुन्छ । अनुहारमा मोस्चराइजर लगाइसकेपछि टिस्युले हल्कासँग पुछ्ने ।

२. दिउँसो पनि अनुहार फेसवासले धुने । अनुहारलाई सफा गर्नको लागि हर्बल स्क्रब प्रयोग गर्न सकिन्छ ।

३. काक्रोको रसमा कागतीको रस मिसाएर अनुहारमा लगाएर १५ मिनेट सम्म राख्ने । र पानीले पखाल्ने ।

४. अनुहारको सफाई गर्नको लागि एस्ट्रिजेन्ट लोसनको प्रयोग गर्ने । कपासमा राखेर अनुहारमा लगाउने ।

५. स्याउ र कागतीको रस मिलाएर अनुहारमा १५ मिनेटसम्म लगाएर राख्ने । नियमित अपनाए चिल्लो छालाबाट छुटकारा पाउन सकिन्छ ।

६. अनुहारमा अण्डाको सेतो भाग लगाउने । सुकेपछि बेसनको पिठोले सफा गर्ने ।

Skip This
Logo