बबरमहलमा दुर्घटना: ठक्कर दिएर भाग्न खोज्दा फेरि ठक्कर, ४ जनाको अवस्था गम्भीर

बबरमहलमा दुर्घटना: ठक्कर दिएर भाग्न खोज्दा फेरि ठक्कर, ४ जनाको अवस्था गम्भीर


काठमाडौंकाे बबरमहलमा एउटा मोटरसाइकल दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलले सडक विभाग नजिकै रहेको जेब्रा क्रसमा बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो । ठक्कर दिएर भागेको उक्त मोटरसाइकलले फेरि जिल्ला अदालत अगाडिको जेब्रा क्रसमा पनि पुगेर बाटो काट्दै गरेका दुई महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएका छन्।  उनीहरुको नर्भिक र सिभिल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक घाइतेहरुको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Logo